बजेट मुलुकको आवश्यकता अनुसार मार्गचित्र कोर्न असफल्, अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

राजनीति
शेयर गर्नु होला

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म अैपुग्दा मरेको भनी आलोचना गर्नुभयो ।

उनले बजेटले मुलुकको प्राथमिकताको सञ्जिवनी बुटी फेला पार्न नसकेको र सबैलाई छुने मात्रै प्रयास गरिएको बताए। उनले बजेट हनुमानले विन्ध्याचल पर्वत ल्याए जस्तो देखिएको टिप्पणी गरे। नीति तथा कार्यक्रममा देखाइेका आशा र सपना बजेट सम्म अैपुग्दा मरेको अनुभुति आफूले गरेको उनले उल्लेख गरे। यस्तो बजेटले प्रधानमन्त्रीले भने जस्तो २ वटा पाइलटले हाँकेको जेट प्लेन उड्न नसक्ने र सम्वृद्धिको गन्तव्य पुग्न नसकिने दाबी गरे।

यो बजेट सामान्य अवस्थामा नाअेको भन्दै सांसद डा भट्टराईले नयाँ युगमा नेपाल कसरी अघि बढ्छ भन्ने आधार हो भन्नुभयो । यो बजेट भिन्न परिवेशमा आएको भन्दै उहाँले भन्नुभयो, “मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।” बजेटले न पूँजीवाद न त समादवादको अवधारणालाई अबलम्बन गर्न सकेको भन्दै उनले सरकारले आसेपासे पूँजीवादको प्रश्रय दिन खोजिएको दाबी गरे। साना बचत कर्तालाई पनि पुँजीबजारमा अौने प्रबन्ध मिलाई पुँजी निर्माण र खर्च वृद्धिमा बजेटले ध्यान दिन नसकेको टिप्पणी गरे।

अर्थमन्त्री विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उहाँले भन्नुभयो, “बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।” विकासमा एक चौथाइमात्र खर्च गरेर दाहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन भन्दै उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई  निजीकरण गर्न खोजिएजस्तो देखिएको र निजी क्षेत्रलाई भने प्रोत्साहन गर्न नसकेको भनी आलोचना गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.