प्रधानमन्त्री ओली आफ्नै बोलिमा टिक्न सकेनन, २ उपप्रधानमन्त्री थपिए

समाचार
शेयर गर्नु होला

काठमाडौं। सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

यस अघि उपप्रधानमन्त्री नराख्ने सार्वजनिक घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छन। प्रधानमन्त्री ओलीले रक्षा मन्त्री इश्वर पोखरेल र स्वस्थ्य मन्त्रीमा नियुक्त हुनु भएका उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधान मन्त्री र एकलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

त्यस्तै सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाको पनि बढुवा भएको छ । शुक्रबार सांझ पोखरेल, यादव, बस्कोटा संगै सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइनले राष्ट्रपति बिद्यादेबी भण्डारीसंग सपथ लिनुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.