सन्दीप लामिछाने क्यानडा लिगमा खेल्ने

खेलकुद
शेयर गर्नु होला

काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् ।
उनलाई अाईतबार मोन्ट्रील टाइगर्सले लिएको हो ।श्रीलंकाका तीव्र बलर लासिथ मालिङ्गा मार्की खेलाडी रहेको मोन्ट्रील टाइगर्सले उनलाई लिएको हो ।

उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । टाइगर्समा वेस्ट–इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजालगायत खेलाडी छन् । छैटौं चरणमा परेका सन्दीपले ४० हजार डलर पाउनेछन् ।

यस प्रतियोगितामा अस्ट्रेलिया कास्टिभ स्मिथ, क्रिस लिन, वेस्ट–इन्डिजका क्रिस गेल, ड्वान ब्राभो, एन्ड्रे रसेल, डारेन सामी, पाकिस्तानका साहिद अफ्रिदी, दक्षिण अफ्रिकाका डेविड मिलरलगायत खेलाडी खेलिरहेका छन् ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.