सरकारले सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

समाचार
शेयर गर्नु होला

काठमाडौं– सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भैरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भैरहेको सुन तस्करीको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएको गृह मन्त्रालयले जनाएको छ।

भेटमा राजदूत होङले नेपालमा चीनविरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए । उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.