भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा प्रवेश रावलले अभिनय गर्ने

मनोरञ्जन
शेयर गर्नु होला

काठमाडौँ — भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधरित बायोपिक चलचित्रमा प्रवेश रावलले अभिनय गर्ने भएका छन् ।

भारतीय जनताका पार्टीका नेता तथा सांसद समेत रहेको रावलले नरेन्द्र मोदीको ‘क्यारेक्टर’ गर्न त्यति सजिलो नभएको बताए । मोदीको भूमिका निर्वाह गर्न धेरै चुनौती रहेको उनले बताएका छन् ।

बन्न लागेको चलचित्रको कथावस्तु र स्क्रिप्टलाई अन्तिम रुपमा दिने तयारी भैरहेको उनले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी दिए ।

रावालले यसाघि सन् १९९४ मा सरदारको बायोपिक चलचित्रमा अभिनय गरेका थिए । सञ्जय दत्तको बायोपिकमा आधरित फिल्म सन्जुमा रावालले सुनिल दत्तको अभिनय गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.