१ सय ५० वटा ट्याक्सी माथि सरकारको कारबाही

समाचार
शेयर गर्नु होला

काठमाडौं। सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ।

बितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरूप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ।

विभागको तथ्याङ्कानुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन्। काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका ट्याक्सीमा मिटर जडान भैसकेको भए पनि ट्याक्सीचालकले मापदण्डमा रहेर सवारी नचलाएपछि कारबाही गरिएको हो।

२०७३ साल साउन ७ गतेभित्र भाडामा गुड्ने ट्याक्सीमा मिटर जडान गर्ने समय तोकिएको थियो, झन्डै १ हजार ट्याक्सीमा मिटर जोड्न अझै बाँकी छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.