कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

समाचार
शेयर गर्नु होला

काठमाडौँ। राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

 

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.