बाँदर आतंक ,बाँदर नियन्त्रण गर्न ३० लाख

समाचार
शेयर गर्नु होला

पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए । ‘किसानको मागका आधारमा संकल्प प्रस्ताव आएको हो,’ उनले भने, ‘शतप्रतिशतबाट पास भयो । अब कार्यान्वयन चरणमा जान्छौं ।’ महाशिलाका सबै वडामा बाँदरले हैरान पारेपछि किसानले पनि नियन्त्रणको माग गर्दै आएका थिए ।

महाशिलाको साढे ४९ वर्गकिमि क्षेत्रफलमध्ये करिब २५ वर्गकिमि खेतीयोग्य जमिन छ । केही वर्षयता बाँदर आतंककै कारण कतिपयले बाली लगाउन छाडेका छन् । ‘बाँदर आतंक बढेपछि किसानले बाली लगाउनै छाडे,’ ५ नम्बर वडाध्यक्ष जीवनविक्रम उचैठकुरीले भने, ‘बाँदरकै कारण जमिन बाँझिएपछि संकल्प प्रस्ताव ल्याएका हौंं ।’ गाउँसभाले प्रस्ताव गरेको ३० लाख बजेटबाट बाँदर नियन्त्रण गर्न व्यवस्थित खोर बनाइनेछ ।

वडैपिच्छे बनाइेका खोरमा गाउँपालिकाले बाँदर समातेर राख्ने व्यवस्था मिलाउनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.