काँग्रेस सभापति देउवाद्वारा केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको मनोनयन

समाचार
शेयर गर्नु होला

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य पदमा ६ जनालाई मनोनित गर्नु भएको छ ।

केन्द्रीय कार्य समितिमा लमजुङका दिलबहादुर घर्ती), काभ्रेपलाञ्चोकका शिवप्रसाद हुमागाई र दाङकी श्रीमती शीला शर्मा खड्कालाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै सभापति देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम काठमाडौंका दमननाथ ढुंगाना, तीर्थराम डंगोल र कैलालीका हिरादत्त भट्टलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नु भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.