पत्रकार लाई धम्काएको भन्दै महासंघको आपत्ती

समाचार
शेयर गर्नु होला

काठमाडौं- सांसद नविना लामाबारे प्रकाशित समाचारको बारेमा हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटी माथी धम्की दीएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।

महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती प्रकाशित गर्दै समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समूहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको जनाइेको छ।

प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समूह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले जनाएको छ।

युनियनका अध्यक्ष वद्री सिग्देलद्वारा जारी विज्ञप्तीमा समाचार सम्बन्धी विषयमा चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय भएको जनाइएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.