नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । अाईतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआईजी मात्र रहने निर्णय गरेको छ।

अाईतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको  एआईजी को दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सरकार प्रवक्ता एवं सञ्चार ताथ सूचना प्रविधि मन्त्री गोकुल वाँस्कोटाका अनुसार अब नेपाल प्रहरीमा ३ जना मात्रै  एआईजी रहने छन् भने सशस्त्रमा भने २ जना मात्रै रहने छन् ।

संघीय प्रहरी ऐनको मस्यौदा तयार पार्ने क्रममा गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेपनि सरकारले तीन जना मात्र राख्ने निर्णय गरेको हो। प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने भन्दै तीन जना एआईजी राख्ने निर्णय गरिएको बताइएको छ।

यस्तै सशस्त्र प्रहरीमा पनि गृह मन्त्रालयले तीन जना एआईजी राख्ने प्रस्ताव गरेपनि मन्त्रिपरिषद् बैठकले दुई जना मात्रै राख्ने निर्णय गरेको हाे।

यसैगरी नेपालको संघीय संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गर्ने निर्णयसमेत मन्त्रिपरिषदले बैठकले गरेको छ । अाईतबार मन्त्रिपरिषद् बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ। थप गर्न लागिएको दरबन्दीमा १एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.