चक्कुले घाँटी रेटेर हत्या छोराको हत्या,गर्भवती श्रीमती को पनि हत्या प्रयास

समाचार
शेयर गर्नु होला

 

पोखरा- पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भै हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् ।

४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि चक्कुले रेटेर हत्या प्रयास गरे। श्रीमतीको हत्या प्रयासपछि उनले आफ्ननै घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ।

गर्भवती रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भैरहेको छ। शल्यक्रिया गरेर मृत अवस्थामा रहेको बच्चा निकालिएको छ। गम्भीर अवस्थामा रहेका घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
उनले परिवारमा बुझ्दा पनि बाहिर शंका गर्ने ठाउँ नरहेको उल्लेख गरे। सुमित्रा बेहोस् अवस्थामा रहेकोले होस्मा आएर सोधपुछ गरेपछि थप कुरा खुल्ने उनल जनाए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ॐअबहादुर रानाले घटनाको प्रारम्भिक अनुसन्धानमा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको बताए। ‘सुमित्राले नै मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो प्रमाण नै त्यही हो।’

घटना पछी  छिमेकीले सुमित्रालाई अस्पताल पठाएर वडा प्रहरी कार्यालय रामबजार पुर्‍याएका थिए। घटनास्थल प्रहरी कार्यालय नजिकै रहेको छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.