विद्युतीय शवदाह गृहमा गरियो डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि

समाचार
शेयर गर्नु होला

काठमाडौँ — दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा। उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा आज बिहान ८ देखि १ बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । श्रद्धाञ्जलि दिन आफन्त तथा शुभचिन्तकको घुइँचो लागेको थियो ।

मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गरेका थिए ।
श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published.