संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ : सभापति देउवा

समाचार
शेयर गर्नु होला

 

हेटौंडा — कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयन प्राथमिकतामा परेकाले पार्टीमा ध्यान दिन नसकेको स्विकारेका छन् ।

हेटौंडामा मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै उनले कतिपय विषय ‘अतिरञ्जित र अशोभनीय ढंग’ ले पनि उठ्ने गरेको तर्क गरे ।

उनले भने, ‘संविधान निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसतर्फ केन्द्रित भयो ।’ उनले केही काम गर्न ढिलाइ भए पनि महत्त्वपूर्ण काम अगाडि बढेको दाबी गरे ।

‘पार्टीभित्र साथीहरूबाट केही असन्तुष्टि अभिव्यक्त हुने गरेका छन्, कतिपय कुरालाई मैले स्वाभाविक रूपमा लिएको छु भने कतिपय अतिरञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्,’आफ्ना लागि राष्ट्र, लोकतन्त्र र कांग्रेसभन्दा प्रिय वस्तु केही नभएको भन्दै उनले बाँकी जीवन पनि यसैमा समर्पण गर्ने बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.