फेरिए प्रदेशका सचिवहरु

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । ३ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेवप्रसाद जोशीलाई १ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सामाजिक कोषको सचिवालयमा रहेका राजकुमार श्रेष्ठलाई ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ ।

३ नम्बर प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव वसन्त अधिकारीलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ भने अतिरिक्त समूहका केवल भण्डारीलाई ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

३ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमा रहेका वंशी शर्मालाई २ नम्बर प्रदेशको सोही मन्त्रालयमा र २ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमा रहेका विजयचन्द्र झालाई ३ नम्बर प्रदेशको सोही मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २१ सहसचिवको सरुवा गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.