डा. केसीको सत्ताका प्रमुख हस्तीहरू विरुद् नै आन्दोलन थाल्ने चेतावनी

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक माफिया र नेताको व्यापारिक स्वार्थका लागि परिवर्तन गरेर संसद्‍बाट पारित गरिए आफूहरूले सत्ताका प्रमुख हस्तीहरूविरुद्घ नै आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

सरकारद्वारा माइतीघरलगायत राजधानीका विभिन्न स्थानमा घोषित निषेधित क्षेत्रको विरोधमा शनिबार डा। केसी र उनका समर्थकहरूले माइतीघरमा धर्ना दिएका थिए ।

डा.केसीले धर्नालाई सम्बोधन गर्दै भने–  प्रतिस्थापन विधेयकमा आफनो दलका नेता, माफिया, आदिको स्वार्थमा परिवर्तन गर्न सत्ताका शीर्ष व्यक्तिहरूले चलखेल गरिरहेका छन्, मेडिकल माफियाका पक्षमा प्रतिस्थापन विधेयक परिमार्जन गरिए म प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादवका विरुद्ध जनताको पक्षमा आन्दोलन थाल्छु ।

डा. केसीले नयाँ स्वास्थ्यमन्त्री यादवले पदभार ग्रहण गरेलगत्तै अध्यादेशबारे व्यापारीहरूको स्वार्थमा बल पुर्‍याउने अभिव्यक्ति दिएको आरोपसमेत लगाए ।

चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएका त्रिविसहितका विश्वविद्यालयका ४३ पदाधिकारीलाई कारबाही गर्नेबारेमा ओली सरकारले आलटाल गरिरहेको दाबी गर्दै डा. केसीले भने– ‘आफ्ना नेता–कार्यकर्ता पर्ने भएकोले ओली सरकारले दोषीमाथि कारबाही नगरेको हो ।

उनले दुई तिहाइको उन्मादमा आएर जनताको हक खोस्ने काम गरिरहेको आरोपसमेत लगाए । सरकारले माइतीघर मण्डलालगायतका क्षेत्रलाई सभा जुलुस गर्न निषेधित गरेर वाक र अभिव्यीक्त स्वतन्त्रताजस्ता अधिकार खोसेको दाबीसमेत केसीले गरे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.