पहिरो खस्दा मा नारायणगढ मुग्लिन सडक अवरुद्ध

समाचार
शेयर गर्नु होला

 

चितवन — नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि साेमबार बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ। चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भैरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एुटा सडक खण्ड हो।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ। रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.