घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

 

जनकपुर — धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका वडा नं ५ लक्कड बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान बस्ने वर्ष ४५ का साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

एक युवा वैदेशिक रोजगारमा जानु अघि गाउँको विद्यालयमा खसी काटेर गरेको भोजमा उनीहरुले घरेलु मदिरा सेवन गरेको स्थानीयले जनाएका छन् । मदिरा सेवन गरेपछि रातिदेखि नै सिकिस्त बनेका उनीहरुको बुधबार अपरान्ह मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले भने घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.