बाजुरामा जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु

समाचार
शेयर गर्नु होला

 

बाजुरा । बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ ।

से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिबेणी नगरपालिका वडा नं। १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो । बुधबार बेलुका ८ बजेको समय जीप दुर्घटनामा परेको हो ।

यसैगरी ७ जना घम्भिर घाईते भएको घटना स्थलका प्रत्यक्षदर्शी नेपाली काँगस त्रिबेणी नगरकार्यसमिति सचिव सुरेन्द्र गिरीले जानकारी दिनुभएको छ ।

घाईते तथा मृत्यकको उद्दार गर्ने नेपाल प्रहरी र स्थानियबासी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभएको छ । घाईते १३ जना मध्ये सवारी चालक चन्द्र भुनी सहित ७ जना घाईते बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रत्यक्षदर्शी गिरीले बताउनुभयाे ।

जीप सडकबाट कम्तिमा ५ सय मिटर तल खसेको छ । जीपमा सिमेन्ट र १४ जना सवारी बोकेको थियो । अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.