भक्तपुर र ललितपुरमा तोकियो विरोध प्रदर्शनस्थल,माइतीघरमा साउन १ देखि विरोध प्रदर्शन गर्न नपाइने

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ ।

तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो ।

ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यसाघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ । यसाघि प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा भने प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको जानकारी दिएका छन्


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.