सोलुखुम्बुमा जिप दुर्घटना, छ जनाकाे मृत्यु

समाचार
शेयर गर्नु होला

 

ओखलढुंगा — सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान नेचा सल्यानबाट पत्ताले हाटबजारका लागि हिडेको को १ ज १८६० नम्बरको जिप तिङलाको महादेव भीरमा खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा ३ पुरूष र ३ महिलाको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन । एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ ।

प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।

बस घटनास्थलबाट ५ सय किलोमिटर भन्दा तल खसेको सहायक प्रजि शेर्पाले जानकारी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.