हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि फागुन ७ गतेदेखि निर्णायक जनसघर्ष सुरु :कमल थापा

समाचार
शेयर गर्नु होला

 

नेपालगन्ज -राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र नेपाली काँग्रेससंग राप्रपाको एकताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

राप्रपा नेपाल फरक किसिमको पाटी भएको हुनाले कम्युनिष्ट र नेपाली काँग्रेससंगको तालमेल कुनै हालतमा हुन नसक्ने उहाँको भनाई छ ।

हिन्दूराष्ट्र चाहने र हिन्दूराष्ट्रको पहिचानलाई समाप्त गर्ने कार्यमा सघाउ पु¥याउने र दोहोरो चरित्र एवं मापदण्ड अत्यन्तै घातक हुने उहाँको निष्कर्ष छ । वर्तमान सरकार दुई तिहाईको दम्भमा देशमा एकदलीय सर्वसत्ताबाद कायम भए प्रजातन्त्र कमजोर हुने आशंका पैदा भैरहेको उहाँको भनाई थियो । अध्यक्ष थापाले हिन्दू राष्ट्र चाहने र नचाहने बीच अब प्रष्ट ध्रुवीकरण जरुरी भएको बताउनुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं। ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हिन्दुराष्ट्र चाहने र नचाहने विचको धु्रवीकरण हुनु पर्ने धारणा राख्नुभयो ।

हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले जनसघर्षको तयारी गरिरहेको समेत जानकारी दिदै आगामी फागुन ७ गतेदेखि निर्णायक जनसघर्ष सुरु गर्ने पनि थापाले बताउनु भयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.