प्रतिपक्षीको टिप्पणीमा प्रधानमन्त्री ओलीको तिखो व्यंग्य,सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी

समाचार
शेयर गर्नु होला

काठमाडौं । संघीय संसदमा सत्ता पक्ष र प्रतिपक्षबीचको जुहारी निक्कै रोचक रह्योे । सत्ता पक्षको नेतृत्व प्रधानमन्त्री स्वयम्ले गरेका थिए । जनताका प्रतिनिधिले आफ्ना विचार प्रस्तुत गर्ने थलो नै संघीय संसद हो । तर, शुक्रवारको सवाल जवाफ भने सरकारको रेल योजनासँग बढी सम्बन्धि रह्यो ।
प्रधानमन्त्रीले खर्च कटौतीको प्रस्ताव पनि प्रस्तावका लागि मात्र भएको भन्दै उनले अधिनायकवाद अाउछ भन्नु विपक्षीको थेगो मात्र भएको धारणा राखे ।
कांग्रेस सांसद डा। मिनेन्द्र रिजालले कम्युनिस्ट र रेलको लोककथा सुनाए । उनका अनुसार लेनिनको पालामा रेल्वेको ट्रयाक खोल्नुअघि पिकनिक जाने भनिएको थियो । तर, पोलिटब्यूरोको पिकनिक नै स्थगित गरियो । स्टालिनको पालामा विना ट्रयाक नै रेल गुडाउने भनियो भने ख्रुश्चेवका पालामा न्यूट्रल गियरमा राख्ने र त्यसपछि पछाडि फर्काउने भनियो ।
डा.रिजालले सोधे, ‘नेपालका कम्युनिस्टले आफैं रेल नबनाउने भए अरुको रेललाई आफ्नो भन्ने कि ?’ प्रधानमन्त्री ओलीले रिजालको प्रश्नबाटै जवाफ सुरु गरे । ‘विद्वान भनेको विद्वान नै हुन्छन्, डाक्टर भनेको डाक्टर नै हुन्छन्, तिथिमिति सबै याद छ’ भन्दै प्रधानमन्त्री ओलीले डा. रिजाललाई भने, ‘कहाँ रेल ट्रयाकविनै हिँड्यो, ड्राइभर को थियो सबै याद छ । यो विद्धतालाई सलाम छ । अरु केही भनिरहनुपरेन ।’
रेलको कुरा गर्दा केहीले अनौठो मानेको, केहीले भने राम्रो कुरा भन्ने थाहा भएर पनि झस्कने गरेको उनले बताए । त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थल बनाउँदा पनि विरोध भएको र कोदारी राजमार्ग बनाउँदा तत्कालीन राजाले कम्युनिजम मोटर चढेर अौने होइन भनेर स्पष्टीकरण दिनुपरेको उनले सुनाए । मलेसियामा ट्वीन टावर बनाउँदा प्रधानमन्त्री महाथिरको आलोचना भएको तथा गेम्पिङ हाइल्याण्ड बनाउँदा पनि त्यस्तै भएको उनले सुनाए ।
एकथरी मानिसहरु महत्व नबुझेर विरोध गर्ने गरेको भन्दै उनले भने, ‘त्रिचन्द्र कलेज बनेपछि चन्द्रशम्शेरले भनेका थिए रे, आफ्नो खुट्टामा बन्चरो हान्दैछु । त्यसैले केहीले बुझेरै विरोध गरेका हुन् । विद्वान मित्रहरुको विरोध, गेम्पिङ हाइल्याण्ड जस्तो नबुझेर हो कि त्रिचन्द्र कलेज जस्तो हो नबुझेर हो ?’ प्रधानमन्त्री ओलीले त्यसपछि अरु सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा नपरेको भन्दै लोकतन्त्र गए के अाउछ भनेर विपक्षी साँसदमाथि प्रश्न गरेका थिए ।
उनले लोकतन्त्रका लागि सबैले लडेको र प्रतिबद्धत भएको भन्न भुलेनन् । उनको भनाई थियो, शंका नगरौं । पछिल्ला दिनहरुमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्रीले आफ्नो शरिरमा ५० बर्षदेखिका घाउ अझै रहेको पीडा पोखे । तिखो झटारो प्रहार गर्न माहिर प्रधानमन्त्री ओलीको आजको जवाफ व्यंगात्मक र रुखो थियो ।

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.