विश्वकप : फ्रान्स र अर्जेन्टिनाबीच प्रिक्वाटरफाइनल खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

रुसमा जारी विश्वकप अाजबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुँदैछ ।अहिले पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच सुरु भएको छ।काजान एसियामा नेपाली समय अनुसार पौने ८ बजे सुरु भएको हो।

विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकाऔट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ ।

पहिलो खेलमा अैसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । निकै आलोचित बन्दै गएको अर्जेन्टिनाका निम्ति शनिबार फ्रान्स विरुद्ध जित निकाल्नु सोचे अनुरुप सजिलो पक्कै छैन ।

उता फ्रान्स भने समुह चरणको ३ खेलमै अपराजित रहेपनि २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो । फ्रान्स समुह सिको समुह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो भने अर्जेन्टिना समुह डिको उपविजेता बन्दै अन्टिम १६ को यात्रा तय गरेको हो ।

पछिल्लो सयम यी दुईको भेट २००९ मा अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा भएको थियो, जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.