नागढुंगा मा फेरि सुन समातियो, नागढुंगाबाट ६ किलो सुन बरामद

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — नेपाल प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुन बरामद गरेको छ ।

केरुङबाट काठमाडौं अौँउदै गरेको बा ९५ प ८१६४ को मोटरसाइकल जाँच गर्ने क्रममा अाईतबार  र साँझ ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

कम्मरमा सुन बाँधेर ल्याएका मोटसाइकल चालक सिन्धुपाल्चोकका तेन्जिङ तामाङ समेत पक्राउ परेका छन् ।घटनाबारे थप अनुसन्धान भैरहेको नागढुंगा प्रहरीले बताएको छ। शनिबार पनि प्रहरीले नागढुंगाबाटै ३ किलो सुनसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

काठमाडौंबाट महेन्द्रनगर हुँदै भारत जान लागेको युके०२४६८४ नम्बरको कारबाट सुनसहित दुईजनालाई पक्राउ गरिएको हो। पछिल्लो समय चीनबाट नेपाल हुँदै भारत सुन लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ। यो घटनाबाट सुन तस्कारबारे केही थप सूचना पाउन सकिने प्रहरीको भनाइ छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.