फेरि ठुलो पहिरो,नारायणगढ–मुग्लिन सडक ठप्प

समाचार
शेयर गर्नु होला

 

चितवन — नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।
‘अहिले गाडी ठप्पै छ ।

एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने ।

पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा अौँदा पटक पटक बन्द हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो ।

अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.