मल्लिका शेरावत को खुलासा ‘हिरो र निर्देशकसँग बेड सेयर गर्न नमान्दा फिल्मबाट निकालियो’

मनोरञ्जन
शेयर गर्नु होला

 

मुम्बैई।  फिल्ममा बोल्ड दृश्य दिएका कारण निकै चर्चामा आएकी हट हिरोइन मल्लिका शेरावतले रियलमा पनि बेडमा जान नचाहेका कारण आफूलाई धेरै फिल्मबाट निकालिएको खुलासा गरेकी छिन् ।

उनले अगाडि भनिन् ‘मलाई एुटा फिल्मबाट मात्रै यत्ति कारणले निकालियो कि मैले त्यो फिल्मका हिरोसँग सुत्न अस्वीकार गरें ।’ मल्लिाकाले कैयौं पटक आफूलाई निर्देशकले फोन गरेर रातको ३ बजे भेट्न बोलाएको बताइन् ।

४१ वर्षकी मल्लिकाले एक समाचार एजेन्सीसँग कुराकानीको क्रममा यस्तो बयान दिएकी हुन् । उनले भनिन् ‘ममाथि धेरै आरोप लगाइयो । मेरो बारेमा कैयौं राय बनाइयो । यदि तपाइँ पर्दामा छोटो कपडा लगाउनुहुन्छ र बोल्ड सिन दिनुहुन्छ भने सोचिन्छ कि तपाइँ गिरिसकेकी युवती हो जसका कुनै नैतिकता छैन । मान्छेले उसको फाइदा उठाउन चाहन्छन् । मसँग यस्तै भयो ।’

मल्लिका अहिले आफ्नो वेब सिरिज ‘द स्टोरी’मा व्यस्त छिन् । हिसार हरियाणामा जन्मिएकी मल्लिकाको खास नाम रीमा लाम्बा हो । उनले २००३ मा फिल्म ख्याहिशबाट डेब्यू गरेकी थीन् । उनले चर्चा भने २००४ मा आएको फिल्म मर्डरबाट पाइन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.