अब पालो राजदूत को,नेपाली राजदूत परिवर्तन गर्ने सरकारको तयारी

समाचार
शेयर गर्नु होला

 

काठमाडाैँ। सरकारले राजनीतिक नियुक्ति खारेज गरे लगतै विभिन्न मुलुकमा रहेका नेपाली राजदूत फेर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत फेर्ने आन्तरिक तयारी थालेको बताइेको छ । केही मुलुकमा रहेका नेपाली राजदूतहरु समयावधि सकिएर फिर्ता भएसँगै केपी ओली नेतृत्वको सरकारले खालि भएका र थप मुलुकमा राजदूत नियुक्ति गर्ने भएको हो ।

तत्कालिन सरकारले नियुक्त गरेको काँग्रेस र राप्रपाका सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाइने सम्भावना रहेको बताइेको छ । थाइल्याण्डका नेपाली राजदूतको कार्यकाल साउनमा सकिदैछ ।

यसैगरी मंसीर–पुसमा जेनेभा, दक्षिण अफ्रिका, ब्राजिल लगायतका मुलुकका राजदूतहरु पनि कार्यकाल सकेर फिर्ता हुँदैछन् । भारत, मलेसिया, युएिस्थित राजदूतावास केही समयदेखि राजदूतविहीन छन् ।

विभिन्न अध्ययन प्रतिवेदनहरुले गरेको सिफारिसका आधारमा सरकारले केही बर्षयता राजदूत नियुक्त गर्दा ५० प्रतिशत कर्मचारीबाट र बाँकी ५० प्रतिशत राजनीतिक क्षेत्रबाट नियुक्त गर्ने गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.