जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो काटनु पर्ने, नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने

फोटो फिचर विचार/ब्लग समाचार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि नया नियम लागु गरेको छ।

जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काटेमा अब तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ ।ट्राफिकले प्रशिक्षण दिनका लागि १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा एकएक जना जुनियर अधिकृतलाई खटाउने भएको छ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।

महाशाखाका अनुसार हाल काठमाडौंको नागस्थान माथिल्लो र तल्लो, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क लगायतमा आकाशे पुल छन् ।