‘फुकरे’की अभिनेत्री ऋचा चढ्ढा चर्चित पोर्नस्टार बन्दै

फोटो फिचर मनोरञ्जन

 

एजेन्सी। बलिउड फिल्म ‘मसान’, ‘फुकरे’ र ‘ग्याङस अफ वासेपुर’ जस्ता फिल्ममा काम गरेकी बलिउड अभिनेत्री ऋचा चढ्ढ्जले हालै उनले चर्चित एडल्ट स्टारको बायोपिक फिल्म गर्ने फैसला गरेकी छिन् । यो कुरा सार्वजनिक भएपछि ऋचाका फ्यान पनि उत्साहित भएका छन् ।

ऋचाले हालै ९० को दशककी चर्चित केरलकी एडल्ट स्टार शकिलाको बायोपिक साइन गरेकी हुन् । यद्यपि शकिलाको बायोपिकको लागि यसाघि हुमा कुरैशी र स्वरा भास्करको नाम चर्चामा थियो तर निर्देशक इन्द्रजित लंकेशले ऋचालाई यो फिल्मको लागि रोजेका छन् ।

फिल्मलाई लिएर ऋचा पनि निकै उत्साहित छिन् । बायोपिकको लागि उनले अहिलेदेखि नै तयारी सुरु गरेकी छिन् । ऋचाले यो फिल्मको लागि मलायालम भाषा पनि सिकिरहेको बताइेको छ ।

फिल्मको नाम अहिलेसम्म तय भैसकेको छैन । अर्को महिनासम्म फिल्मको नामको पनि घोषणा गरिने बताइेको छ । शकिला ९० को दशककी साउथकी सबैभन्दा चर्चित एडल्ट स्टार थीन् । उनले मलायालम, तमिल, तेलुगु कन्नड भाषामा फिल्म गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *