कामदार नरोक्न नेपाललाई मलेसियाको आग्रह

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार

 

मलेसिया — मलेसियाले यता अाउदा नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोजिने जनाएको छ ।

मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनीहरु खडा गरी चर्को आर्थिक असुली गर्ने लगायतका समस्या पूर्ववत: सरकारले गरेका निर्णयहरु भएको बताउँदै यसलाई रोक्न तयारी गरिएको बताएका हुन्।

‘नेपाली कामदार बहादुरी र ईमान्दारीताका लागि लोकप्रिय भएका कारण धेरै रोजगारदाताले रुचाउने गरेका छन्।’ उनले भनेका छन् ‘हामीलाई आशा छ, नेपालले यस विषयमा पुर्नविचार गर्नेछ।’ उनले भने।

मलेसिया अाउने कामदारमाथि विभिन्न कम्पनी खडा गरी चर्को शुल्क असुली गरेको जनाउँदै मलेसियाले स्पष्ट विकल्प नल्याएसम्म कामदार मलेसिया नपठाउने निर्णय गरेपछि करिब दुईमहिना अघिदेखि मलेसिया अाउने नेपाली कामदार रोकिएका छन्।

शनिबार मलेसियाली अंग्रेजी दैनिक ‘द स्टार’ ले नेपालले कामदार रोकेकोबारे अग्रपृष्ठमा ‘एक्सक्लुसिभ रिपोर्ट’ प्रकाशित गरेकोथियो।

यस विषयमा केही समयाघि मलेसियाली मन्त्रीपरिषदमा समेत छलफल भएको थियो। मन्त्री कुलासेगरनले हाल जारी समस्या समाधानका लागि आफूले अविलम्ब यसबारे एक पत्र तयार गर्ने पनि बताएका छन्। ‘यी सबै समस्याहरुबारे हामीले मन्त्रीपरिषदमा पनि छलफल गरेका थियौँ। आगामी हप्ता यस विषयमाथि एक पत्र तयार गर्नेछु र तुरुन्त काम गर्नका लागि आग्रह गर्नेछु।’ उनको भनाई उद्धृत गर्दै द स्टार अनलाइनले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *