संसदीय समितिको बैठक शुक्रबार सम्मलाई स्थगित

फोटो फिचर समाचार

 

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले वुधबार पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन। समितिको अर्को बैठक शुक्रबार बस्नेगरी स्थगित भएको छ।

सहमतिमा पुग्न र दलहरुको आन्तरिक छलफल गर्न समय आवश्यक रहेकोले बैठक पर्सीको लागी सारिएको समितिका सदस्य योगेश भट्टराईले बताए। उनले शुक्रबारको बैठकले निर्णय लिने बताए। कांग्रेसले नै छलफलका लागि अतिरिक्त समय मागेको कांग्रेस सांसद भिमसेनदास प्रधानले बताए।

आज दिउँसो साढे तीन बजेका लागि बलाइएको बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएको थियो। आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्ने सूची रहेको थियो।

समितिका दुईतिहाइ सदस्यले अनुमोदन गरेमात्र उनको नाम प्रधानन्यायाधीशको लागि स्वीकृत हुने छ। समितिमा १५ सदस्य छन्।