दिलिपसिंह जस्ले निर्मलाको बलात्कारपछि ज्यान लीए भनेर प्रहरी द्वारा समातिएका छन, उनि ९ बर्ष जेल् काटी फर्केका अपराधी हुन्।

फोटो फिचर समाचार

महेन्द्रनगर् : केहि समए अगाधी महेन्द्रनगर्, कन्चन्पुर् मा भएको घटना जस्मा येउटा अबोध् बालीका जस्लाई निर्मम्ता पुर्बक् बलात्कारपछि घाटी च्यापेर हत्या गरीएको थियो र उक्त हत्या गर्ने अपराधी फरार् भएका थिए तर त्येस्ता पाप् र कुकर्म गर्ने मानिस् धेरै यो सन्सार् को आखा चलेर या लुकेर बस्न सक्दैन। आखिर् त्येहि भयो १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा ४१ वर्षीय दिलिपसिंह विष्ट लाई प्रहरी ले समातेको छ् ।

४१ वर्षीय दिलिपसिंह विष्ट उही मान्छे हुन् जस्ले केहि बर्ष पहीले आफ्ना भेनाजुको हत्या गरेर नौ वर्षसम्म जेल सजाय काटेपछि उनी २०७४ मा कारागारबाट निस्केका थिए । सबै को सोचाई के हुन्छ भने एक्चोटी सजाए पाईको मानिस् सुध्रिन्छ भनेर तर कारागारबाट निस्केको वर्ष दिन पनि नबित्दै उनले बालिकाको बलात्कार जस्तो जघन्य अपारध गरेर घटना लुकाउन ज्यानै समेत् लिए ।

हाल् धेरै दिन् को फरार् पछि उन्लाई प्रहरी ले आफ्नो नियन्त्रण मा लिएको छ र प्रहरी सङ को बयान् मा उन्ले बालिका निर्मलालाई साउन १० गते नियन्त्रणमा लिएर बलात्कारपछि घटना लुकाउन हत्या गरेको भनी बयान दिएका छन् ।

यो गहट्ना हो गत साउन १० गते को जब निर्मला साथीकहाँ पढ्न गएकी थिइन् र राती आफ्नो घर फर्किरहेकी थिइन् । घर फर्किदा उन्को साइकलको चेन बिग्रिएपछि उनी बाटैमा रोकिइन् । साइकलको चेन बिग्रेर अलपत्र परेको अवस्थामा निर्मलालाई देखेपछि दिलिपसिंहले बिग्रेको चेन बनाइदिने निहुँमा नियन्त्रणमा लिएर बलात्कार गरेको खुलेको एसपी विस्ष्टले जानकारी दिए ।

एसपी विस्टका अनुसार बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेर चिच्याउँदा घटना सार्वजनिक हुने डरले दिलिपले उनको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।
हत्यापछि फालिएकी निर्मलाको शव भीमदत्त नगरपालिका–१८ र २ को सिमानामा अवस्थित निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा कपडा खोलिएको अवस्थामा भेटिएको थियो ।

एसपी विस्टका अनुसार साउन १० गते दिउँसो करिब साढे दुईदेखि तीन बजेको समयमा निर्मलाको बलात्कारपछि हत्या भएको निचोड अनुसन्धानबाट निस्केको बताए । प्रहरी अनुसन्धानले यौन प्यास मेटाउनकै लागि बलात्कारपछि बालिकाको हत्या भएको देखिएको छ ।

उनि सङ बयान् गर्दा खेरी र आएको जान्कारि अनुसार् आइतवार राति करिब आठ बजेको समयमा निर्मलाको ज्यान लिएको स्थानबाट करिब ५० मिटरको दुरीमा हातमा लठ्ठी लिएको अवस्थामा पक्राउ परेका उनले प्रहरीसँगको बयानमा घटना सकारेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विस्टले जानकारी दिए ।

साउन १० मा बालिकाको हत्या भएपछि प्रहरीले गरेको लामो अनुसन्धानका क्रममा यसअघि पनि दिलिपसिंह प्रहरी हिरासतमा परेका थिए । तर सामान्य केरकारपछि उनी त्यो बेला रिहा भएका थिए ।

दिलिपसिंहले प्रहरीसमक्ष घटना स्वीकार् गरे तर पछि अदालतमा पेश गरिँदा उनले उक्त घटना आफुले नगरेको जिल्ला अदालत कञ्चनपुर स्रोतले जानकारी दिएको छ । हाल् उनि १० दिन् को म्याद् मा छन् र एसै क्रम् मा प्रहरी ले आफ्नो अनुसन्धान् तिब्र गति मा बढाएको छ। तर हामी ले येउटा कुरा के बुझ्नु पर्छ भने येदि येस्तो पाप् र जघने अपराध् कसैले गरेको छ भने उक्त पाप् बाट त्यो मानिस् धेरै दिन् टाढा रहन सक्दैन। अब अनुसन्धान् पछि थाहा हुनेछ कि दिलिपसिंह विष्ट ले अपराध् गरेका हुन् या उनि यस्मा बेकसुर् छन्। ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *