आज का (सोमबार्) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार

किशोरी हत्या प्रकरण : सुरु भएन थप बयान

कञ्चनपुर — निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ ।

डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका छौं,’ उनले भने, ‘बम दिदीबहिनीलाई पक्राउ गरेपछि आज (आइतबार) म्याद सकिएकाले बयान लिन सकिएन, भोलि म्याद थपेर बयान लिनेछौं ।’
जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत सघाइरहेको कडायतले बताए । ‘अनुसन्धान जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी टोलीले प्राविधिक रूपमा सघाउने मात्र हो,’ उनले भने । डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय सीआईबी टोली घटनालगत्तै महेन्द्रनगर आएको थियो ।
‘घटनाको केन्द्रविन्दु नै बम परिवारको घर हो,’ भीमदत्त नगरपालिका–१८, भगतपुरका एक वृद्धले भने, ‘प्रहरीले घटनाको जानकारी पाएपछि बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउनुको साटो संरक्षण गर्दै निर्दाेष सर्वसाधारणलाई धरपकड गर्ने काम गर्‍यो ।’ प्रहरीले गाउँका सोझासाझा, शारीरिक रूपमा अशक्त र सुस्त मनस्थितिका व्यक्तिलाई छानी–छानी पक्राउ गरेर हत्याको जिम्मा लिन दबाब दिएको आरोप उनले लगाए । ‘जो पनि आउँछन्, यही घरका विषयमा सोध्छन्, के भएको, के हुन्थ्यो, जवाफ दिँदादिँदा थाकिसक्यौं,’ स्थानीय भन्छन् ।……….( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा

भैरहवा — काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका क्रममा दुई मुलुकका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंमा भदौ १४ र १५ गते हुने सम्मेलनमा आउने श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने तय भएको छ । भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्ट र १६ गते श्रीलंकन राष्ट्रपति मैथ्रीपाला सिरिसेनासहितको टोली भ्रमण गर्दै छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै राष्ट्रपतिको लुम्बिनीमा हुने भ्रमणका लागि अति विशिष्ट श्रेणीको सुरक्षा योजना बनाइएको बताए । ‘लुम्बिनीमा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ रानाले भने, ‘सुरक्षा व्यवस्था प्रभावकारी बनाइनेछ ।’
उनका अनुसार म्यानमारका राष्ट्रपति भ्रमणमा पत्नीसहित ३६ र श्रीलंकन राष्ट्रपतिको पनि पत्नीसहित ४४ जनाको टोली आउने भएको छ । रानाले दुवै राष्ट्रपतिको भ्रमण काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट र भैरहवास्थित गौतम बुद्ध विमानस्थलदेखि लुम्बिनीसम्म हेलिकप्टरबाट हुने जनाए । काठमाडौंदेखि भैरहवासम्म चार्टर विमानबाट सबै सहभागी आउनेछन् । भैरहवाबाट लुम्बिनीसम्मको हेलिकप्टरमा भने १० जना मात्र रहनेछन् । भ्रमण क्रममा हुने कार्यक्रमको तयारीमा लुम्बिनी विकास कोष जुटेको छ ।
म्यानमारका राष्ट्रपतिले लुम्बिनीमा पूजाअर्चना गरेपछि ४० वर्षअघि तयार लुम्बिनी गुरुयोजनालगायत गतिविधिबारे जानकारी लिने कार्यक्रम छ ।…..( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

विराटनगर : विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो।

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो।

..…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

पप्पुको अलपत्र पुल बन्यो काल !

रौतहट : लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटको पुल ५ वर्षमा पनि बनिसकेको छैन । २०७४ असार २५  भित्र त्यो पुल निर्माण सक्नुपर्थ्यो । तर हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुने गरेको छ। २०७१ साल असार २६ गते यो पुल निर्माणका लागि पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले यो पुलेको शिलान्यास गरेका थिए । पुल नहुँदा लालबकैया नदीको टिकुलिया घाटमा पटक पटक डुंगा पल्टिने गरेको छ ।

पप्पु कन्सट्रक्सनले पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले आलोचना गरेका छन । स्थानीय युवा सञ्जय सहनीले समयमा पुल नबनेकाले डुंगा पल्टिएको बताएका छन ।

शनिवार साँझ पुलको पिलरमा डुंगा ठोक्किएर २९ जना बेपत्ता भएका थिए । जसमध्ये पाँचजनाको डुबेर ज्यान गएको छ । पाँचजना गाउँलेको ज्यान गएपछि टिकुलियाबासी ठेकेदारसँग आक्रोशित छन् ।

.…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

हत्याको सत्यतथ्य पत्ता लगाउन माग

काठमाडौँ, भदौ १० गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नुभएको छ ।

उहाँहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी गर्न ध्यानाकर्षण गराउनुभयो ।

(रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक – प्रचण्ड

काठमाडौँ, भदौ १० गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ ।

आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी सिद्ध हुनेछ ।”

उहाँले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरू पूर्णप्रतिबद्ध रहेको बताउँदै
संसारमा स्थापित लोकतन्त्रको मान्यता नेपालमा अनुसरण गरिएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।”(रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

निर्मला हत्याकाण्ड : पीडितको घरमा ‘भिआइपी’को ओइरो

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अाइतबार एक महिना पुगेको छ । घटना भएकाे महिना दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बाेकेर सत्तारुढ दलका नेता एवं सांसद र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता एवं सांसदले आइतबार पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारका सन्नी खुनाको घरमा पुगेका छन् । घटनाले उग्ररुप लिएपछि सत्तारुढ दलका नेता एवं सांसदले विषेश चासोका साथ पीडित परिवारसँग भेटघाट गरेका हुन् । यस्तै प्रतिपक्षी कांग्रेसका नेता एवं सांसदले घटनाको छानबिनका लागि भन्दै दुवै मृतकका परिवारसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवै कैलाली, ४ बाट निर्वाचित लेखराज भट्ट, नेकपाका सांसद एवं कञ्चनपुर, ३ बाट निर्वाचित डा. दिपक प्रकास भट्ट, कञ्चनपुर, २ बाट निर्वाचित नरबहादुर धामीका साथै प्रदेश सभाका सदस्यहरु पीडितका घरमा पुगेका थिए । पीडित परिवारलार्इ भेट्न नेकपाका नेता एवं ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाहलगायत प्रदेश सरकारका प्रतिनिधिहरु पुगेका थिए ।..…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

 

प्रकाण्डलाई गरिएको व्यवहारमा पञ्चायतको गन्ध : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संविधानसँग असहमत शक्तिहरुसँग राजनीतिक हिसाबले समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका प्रवक्ता प्रकाण्डलाई गरिएको व्यवहारमा पञ्चायतको गन्ध आएको भन्दै उनीहरुले उठाएका मुद्दाको राजनीतिक समाधान खोज्नुपर्ने बताएका हुन् ।

उनले जनयुद्धका बेलामा भएका विभिन्न घटनाको राजनीतिक समाधान निकाल्न र मधेश आन्दोलनमा भएका विभिन्न घटनाहरुको पनि सोही तरिकाले समाधान गर्नुपर्ने धारणा राखे । ‘टीकापुर घटना मधेशलाई भएको अन्याायकाविरुद्धको विष्फोट हो, त्यसैले रशेम चौधरीलाई जनताले दिएको मतको कदर गर्न भएपनि सपत गराउनु पर्छ’ उनले भने ।.…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )