आज का (बिहिबार) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार

पोखरा विश्वविद्यालय तनावग्रस्त: नेविसंघका चार विद्यार्थी पक्राउ

लेखनाथ — आन्दोलनमा उत्रिएका नेविसंघ निकट चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि पोखरा विश्वविद्यालय तनावग्रस्त बनेको छ । स्ववीयु सचिवको राजीनामा माग्दै नेविसंघ निकट विद्यार्थीले बिहीबार दिउँसो उपकुलपति र स्ववीयु अध्यक्षको कुर्सी जलाएका थिए ।

नेविसंघल सैद्धान्तिक परीक्षा सकिएपछि स्ववीयुबाट विधानत पदमुक्त हुनुपर्ने भन्दै आन्दोलन चर्काएको थियो । स्ववीयु सचिव सुरज परियारले स्नातकको परीक्षा सकिएको एक महिनासम्म पनि राजीनामा नदिएको नेविसंघको आरोप छ ।

नेविसंघका विद्यार्थी प्रदीप सिग्देलले उपकुलपति र रजिस्ट्रार समक्ष बुधबार आफ्नो माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको बताए । ‘स्ववीयु सचिवले दुई तिहाइको दम्भ देखाएर राजीनामा दिएका छैनन्,’ उनले भने, ‘विधानविपरीत गएपछि बाध्य भएर आन्दोलन गर्नुपर्‍यो ।’

स्ववीयु अध्यक्ष सुनील तिमिल्सिनाले भने नेविसंघले स्ववीयुलाई कुनै जानकारी नदिई एक्कासी कुर्सी जलाएको बताए । उनले विधान आफैंमा बाझिने खालको भएको दाबी गरे । ‘विधानमा स्ववीयुको कार्यकाल दुई वर्षको हुने छ भनिएको छ ।

अर्को बुँदामा सेमेस्टर सकिएपछि कार्यकाल सकिन्छ पनि भनिएको छ,’ उनले भने, ‘पद रिक्तता सम्बन्धी बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुन्छ भन्ने कतै उल्लेख छैन ।’ बाधा अड्काउ फुकाउन अन्तिम निर्णय विश्वविद्यालयको कार्यकारी बोर्डले गर्ने भएकोले स्ववीयलेु निवेदन पठाइसकेको उनले जनाए ।

त्रिभुवन विश्वविद्यालयमा गत वर्ष यस्तै अवस्थामा निर्वाचित भएपछि दुई वर्ष रहन पाउने निर्णय गरेकाले पोखरा विश्वविद्यालयमा पनि उक्त नियम लागु हुनुपर्ने उनी बताउँछन् । …………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

सामाजिक संस्कार नबदलिँदा महिला हिंसा : सभामुख महरा

 

दाङ — संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सामाजिक संस्कार परिवर्तन हुन नसक्दा महिला हिंसा हुने गरेको बताएका छन् ।

‘मानिसहरुमा अझै पनि विभिन्न विभेद्पूर्ण संस्कार र परम्पराप्रति विश्वास छ । समाज यस्ता सोचबाट माथि उठ्न नसक्दा महिलामाथि विभेद र हिंसा भएको छ,’ उनले भने, ‘यस्ता गलत प्रचलन हटाउन सामाजिक चेतनाको जरुरी छ । सामाजिक जागरण फैलाउन आवश्यक छ ।’

महिला हिंसाविरुद्ध कडा कारबाहीका कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयनमा समस्या भइरहेको उनले बताए । ‘नीति नियमहरु राम्रा बनेका छन् । त्यसको कार्यान्वयन गर्न सकेमा महिला हिंसा न्यूनिकरणमा धेरै मद्दत पुग्छ,’ उनले भने,‘प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको छ । हिंसाका दोषीलाई कारवाही गर्न सबैले सहयोग गर्नुपर्छ ।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरुको सहभागितामा अन्तर्क्रिया आयोजना गरिएको बताइन् । प्रदेशका विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख कार्यक्रममा उपस्थित भएका छन् । दुई दिनसम्म महिला हिंसाबारे छलफल गरी न्यूनिकरणको कार्ययोजना तयार गरिने उनले जानकारी दिइन् ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले महिला हिंसा न्यूनिकरणका लागि समाजका सबै सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।……( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

मेक्सिकोका राष्ट्रपतिकाे पहिलाे घाेषणा : महंगो जहाज बेचेर सामान्य जीवनयापन

 

मेक्सिको : मेक्सिकोमा राष्ट्रपतिले प्रयोग गर्ने विलाशी जहाज नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले बिक्री गर्ने भएका छन् । ‘भ्रष्टाचारी राजनीतिज्ञहरुले प्रयोग गरेका सबै जहाज र हेलिकप्टर हामी बिक्री गर्दैछौँ,’ राष्ट्रपति लोपेजले भनेका छन् ।

वित्तमन्त्री कार्लोस उर्जुआले पछिल्लो साता आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । यसबाहेक अन्य विलाशी सामान पनि बिक्रीम गरिने भएको छ ।

राज्यको ऋण कम गर्न सघाउने भन्दै वामपन्थी खेमाका नयाँ राष्ट्रपतिले अत्याधिक सुविधा भएको करोडौं मुल्य पर्ने जहाज बेच्ने निर्णय गरेका हुन् । उक्त जहाज उडाएर सोमबार दक्षिणी क्यालिफोर्नियास्थित भिक्टोरभिल एयरपोर्ट पुर्याइने छ । अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार उक्त जहाज सोही स्थानबाट बिक्री हुने छ ।

लोपेज ओब्रादोरले पूर्व राष्ट्रपति र सरकारी उच्च आधिकारीको पेन्सन कटौती गर्ने लगायत चुनावी बाचाको रुपमा घोषणा गरेका थिए । उनले लस पिनोसस्थित राष्ट्रपति भवनमा नबसेर साधारण भवनमै आफ्नो कार्यकाल बिताउने घोषणा गरेका छन् ।

साथै उक्त भवनलाई सांस्कृतिक केन्द्रको रुपमा रुपान्तरण गर्ने तयारी गरेका छन् । मेक्सिकोमा यसअघि राजनीतिक नेतृत्वले चरम भ्रष्टाचार गरेका समाचार बाहिरिएका थिए ।..……………….….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

 

विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

 

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन्।

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए।

उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाइ थियो। भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पुर्‍याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिए।

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताइन्।

उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिए। नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल-चीन सम्बन्ध झन् नजीक बन्दै गएको उनको भनाइ थियो।

भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए। नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन्। रासस  ………………………….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

 

‘स्मार्ट भिलेज’बनाउन प्रेरित गर्दै नास्ट

 

काठमाडौँ, मङ्सिर २० गते । गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन् । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा र धुलेको मुस्लो देख्नुपर्ने छैन ।

फूर्तिलो गाउँ (स्मार्ट भिलेज) को दृश्य हो यो । यी सबै वा कतिपय ठाउँमा कुन बढी आवश्यक छ त्यही कुरा त्यहाँ शुरु गराउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न स्थानमा कार्यशाला थालेको छ । प्राविधिक सहयोग नास्टले गर्ने भन्दै स्थानीय सरकारलाई आफ्नो ठाउँमा प्रविधि भित्र्याउन प्रेरित गरिरहेको छ । स्मार्ट भन्ने कुरा ठाउँअनुसार फरकफरक हुनसक्ने प्रतिष्ठानका प्रविधि सङ्कायका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । कुनै ठाउँका लागि जुन कुरा ‘स्मार्ट’ हो त्यही कुरा अर्काे स्थानका लागि त्योभन्दा नयाँ कुरा चाहिन सक्छ ।

गत वर्ष धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा मुसहर गाउँमा एकीकृत बस्ती निर्माण गरेको थियो । त्यही स्थानमा शौचालयको प्रयोगदेखि सरसफाइलगायत जीवनोपयोगी ज्ञान नास्टले सिकाएको छ । ढकालले भन्नुभयो, “कुन कुन काम गर्दा साबुनपानीले हात धुनुपर्छ भनेर शुरु गर्नु पनि त्यहाँका लागि उपयोगी हुन्छ ।” अहिले पनि अधिकांश ठाउँमा वाइफाई हुनु मात्रै त्यस ठाउँ ‘स्मार्ट’ हुनु हो भन्ने बुझाइ रहेको डा ढकालले बताउनुभयो । पेट्रोलबाट गुड्ने सवारीसाधनले धुँवाधुला फैलाउने हुँदा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नास्टले सरकारलाई सुझाव दिइरहेको छ ।

फोहोरमैलाको व्यवस्थापन अहिले नगर क्षेत्रका लागि प्रमुख चुनौतीका रुपमा देखिएको छ । स्मार्ट तरीकाबाट फोहोर व्यवस्थापन गर्दा फोहोर समस्याभन्दा पनि सम्भावना बन्ने उहाँले बताउनुभयो । नास्टले पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्ने प्रविधि स्थानीय सरकारलाई कार्यशालामार्फत देखाउँदै र शुरु गर्न प्रेरित गर्दै आएको छ । पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्दा एकातिर फोहोर व्यवस्थापनमा सहज हुन्छ भने अर्कातिर पेट्रोलको आयात केही परिमाणमा भए पनि कम गर्न सकिन्छ । कुहिने र नकुहिने दुवै फोहोरको ‘स्मार्ट’ तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गरेपछि नकुहिने फोहरबाट मल बनाउन सकिन्छ ।”

घरायसीदेखि सामुदायिक काममा समेत ‘स्मार्ट’ तरिका अपनाउन सकिने नास्टले बताउँदै आएको छ । यीमध्ये कतिपय प्रविधि सरल र सस्तो पनि छन् । धारोमा पानी थाप्दा भरिएपछि आफैँ बन्द हुने वा शौचालयमा फल्स भएर खेर जाने पानीलाई पुनः प्रयोग गर्न सकिने तरिकाले त्यस ठाउँलाई ‘स्मार्ट’ बनाउने प्रमुख ढकालले बताउनुभयो । उहाँँले भन्नभयो, “भइरहेको सामग्रीमा नयाँ प्रविधि थपेर वा भएका स्रोत सामग्रीको प्रयोगबाट जीवनमा सहजता ल्याउन यसले सघाउँछ ।”

‘स्मार्ट भिलेट’को अहिले राम्रो सम्भावना रहेको प्रमख ढकालले बताउनुभयो । एकातिर स्थानीय सरकार पहिलेभन्दा अधिकारसम्पन्न छ भने अर्कातिर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । झट्ट सुन्दा चासो देखाए पनि धेरै स्थानीय सरकारले नयाँ प्रविधि शुरु गरिहालेका भने छैनन् । उहाँले भन्नुभयो, “यस्तो पनि हुन्छ भनेर अचम्ममा पर्नुहुन्छ तर नयाँ कुरा कसरी शुरु गरिहाल्ने भन्ने अन्यौलमा उहाँहरु पनि हुुनुहुन्छ ।”

विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने संस्था नास्टले अध्ययनको निष्कर्ष विभिन्न माध्यमबाट बाँड्ने गर्छ । यसले नयाँ प्रविधिको परीक्षणपश्चात् प्रविधि हस्तान्तरण गर्दै आएको छ । नास्टले विभिन्न कार्यक्रममार्फत प्रविधिका बारेमा बुझाउने र शुरु गर्न स्थानीय सरकारलाई प्रेरित गर्ने गरेको छ । नास्टले धेरै नगरपालिका र गाउँपालिकामा गएर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीसँग छलफल गरिरहेको छ ।  (रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

 

फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

 

हुम्ला, मङ्सिर २० गते । हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिगँ्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् ।

सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताउनुभयो ।
नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् ।

घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गर्नुभयो ।
यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ ।
त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताउनुभयो । रासस……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

निर्मला हत्याकाण्ड : अनुसन्धानका लागि कन्चनपुरका दुई जनालाई प्रहरीले काठमाडाैं झिकायाे

 

निर्मला पन्त हत्याकाण्डमा थप दुई जनालाई कन्चनपुर प्रहरीले अनुसन्धानका लागि अभिभावककाे साथ लगाएर काठमाडाैं पठाएकाे छ । मंगलबार काठमाण्डौँमा पक्राउ परेका प्रदिप रावलले दिएको बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भतपुरका दिनेश चौधरी र संन्दिप चौधरीलाई काठमाडाैं पठाइएकाे हाे ।

उनीहरूलाई बुधबार साँझ कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले महानगरिय प्रहरी परिसरले केही बुझ्नका लागि झिकाएकाले अभिभावककाे साथ लगाएर काठमाडाैं पठाइएकाे बताए ।

‘दुवै जनालाई केन्द्रमा बोलाएको हो,’ प्रवक्ता ओझाले भने, ‘हामीले त सहजीकरण गरेका हौँ, घटना भेरिफाई गर्नका लागि पठाइएको हो ।’ दिनेश चौधरीका आमा सिता चौधरीले घरमै रहेका दिनेश र संजिवलाई हिजो साँझ पक्राउ गरि जिल्ला प्रशासन कार्यलय लगिएकाे बताइन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )

 

 

पूर्व आईजिपी बोहरालाई भ्रष्टाचार मुद्दामा सफाई

 

सर्वोच्च अदालतले पूर्व प्रहरी प्रमुख मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोतम भण्डारीको इजलासले भ्रष्ट्रचार मुद्दामा सफाई दिएको हो ।

बोहरालाई यस अघि अवैध सम्पत्ती जोडेको अभियोगमा विशेष अदालतले बोहरालाई डेढ वर्षको कैद सजाय, २६ लाख ८३ हजार रुपैयाँ जरिवानाका साथै त्यति नै मात्राको बिगो तोकेको थियो ।

विशेष अदालतको उक्त मुद्दाको पुनरावेदन माग गर्दै बोहरा २९ मंसिर २०६९ मा सर्वोच्च अदालत पुगेका थिए । अख्तियारले उनको २ करोड ३८ लाख रुपैंया सम्पतिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो । बोहरा बि.सं. २०४९ देखि २०५३ सम्म प्रहरी महानिरीक्षक रहेका थिए ।..…………………….….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika )