नेपाल को एक मात्र शिकार आरक्षण, धोरपाटन शिकार आरक्षण (Ghorpatan Haunting Reserve) को बारेमा जानौ र अरु लाई पनि भनौ

पर्यट्न घुमघाम फोटो फिचर

 

 

स न २०२० लाई हाम्रो देश ले पर्यटन बर्ष को रुप मा मनाउदैछ र सम्पुर्ण बिश्व लाई एक्चोटी नेपाल मा अाउनका लागी आबहन पनी गरिदैछ। यसै सिलसिला लाई कायम राखदै हामी ले पनी हाम्रो तर्फ बाट उक्त मिशन का लागी आफ्नो तिर बाट केही योगदान पुर्याउन का लागी यो लेख लेख्दैछौ। नेपाल एेउटा एस्तो देश हो जसको भौगोलिक बिषेशता आफै मा बिषीशट रहेको छ। लागदछ कि प्रक्रिति ले आफ्नो सम्पुर्ण ध्यान नेपाल माथी नै केन्द्रित गरेको छ। सानो देश हुदा हुदै पनी याहा सबै खाल् को मिश्रित भौगोलिक बनाबट, हावापानी, संस्कृति, समुदाए, भेषभुशा पाईन्छ, जुन आफै मा अलौकिक छ।

नेपाल् प्राक्रितिक सुन्दरता ले भरिपुर्ण त छदैछ त्येहि माथि हाम्रो देश को बन्य जन्तु सन्शार भरी को उतक्रिस्ट मधये एेउटा पर्दछ। अहिले को २१वौ सताप्दी मा जाहा बन्य जन्तु को सन्रक्ष्ण लाई बिभिन्न योजना हरु बनाईदैछ त्येही हाम्रो देश मा दशकौ देखी बन्य जन्तु सरक्षण का लागी कार्यक्रम चलाईसकेको अवस्था छ। देश भरि बिभिन्न ठाउ मा बन्य जन्तु सरक्षण का लागी रास्ट्रिए निकुन्ज हरु को निर्माण गरीएको छ जहा बिश्वो बाट हराउन लागेका अत्ति नै दुर्लभ पशु पन्क्षी हरु लाई सरक्षण गरीएको छ। त्येस्तै धेरै रास्ट्रिए निकुन्ज को कुरा हरु चल्दा हामी ले गौरब् गरेको र सारा बिश्वो मा नाम चलेको बन्य जन्तु सरक्षण जस्को आज हामी कुरा गर्न गैइरहेका छौ त्यो हो – धोरपाटन शिकार आरक्षण

धोरपाटन शिकार आरक्षण (धोरपाटन हन्टिङ रिजर्भ) को नाम् जब जब हाम्रो अगाढी आऊदछ हाम्रो मन् मस्तिक् मा पस्चिम नेपाल को सम्झना आऊदछ। हो तपाई ले सही सोचनु भयो। आज हामी तपाई सबै माझ हामी सबै नेपाली र नेपाल् को गौरब् बोकेको ठाउ, नेपाल को एक मात्र शिकार आरक्षण “धोरपाटन शिकार आरक्षण” को कुरा गर्दैछौ।

स न् १९८७ मा रुकुम, म्याग्दी र बाग्लुङ जिल्ला लाई छुदै धोरपाटन शिकार आरक्षण (धोरपाटन हन्टिङ रिजर्भ ) को स्थापना भयो, जस्को बर्गफल १३२५ स्क्वाएर किलो मिटर मा फैलिएको छ। उक्त शिकार आरक्षण नेपाल को एक मात्र शिकार आरक्षण। यो शिकार आरक्षण धौलागिरि रेन्ज मा पर्दछ।

धोरपाटन शिकार आरक्षण स्थापना गर्नु को मुख्य उद्देस्य भनेको पाहाडी र हिमाली भेग मा ईको सिस्टम को सरक्ष्ण गर्नु रहेको थियो। त्येस्को अलावा नेपाल कै एक मात्र शिकार आरक्षण भएको हुनाले उक्त आरक्षण को ब्यबस्थापन समिति ले नेपाली र बिदेशी पर्यटक हरुका लागी हन्टिङ को ब्यबस्ता गरेको थियो जस्मा निलोभेडा, हिमालयन थार, चितुवा, घोरल, सिरौ, हिमाली कालो भालु, र जङली बदेल को सिकार गर्न अनुमती थियो तर केही समय यता केही जनाबर हरु को सन्ख्या कम हुदै गएको हुदा उक्त जनाबर हरुको सन्रक्ष्ण को कारण ले मात्र चार वोटा जनाबर हरु को सन्ख्या शिकार गर्न पाइने ब्यबस्ता रहेको छ।

धोरपाटन शिकार आरक्षण सम्पुर्ण रुप मा पहाड मा रहेको छ जहा उचाई मा रहेको स्थान मा बर्ष भरी हिउ परिरहेको हुन्छ। मौसम र हावापानी को कुरा गर्दा उक्त क्षेत्र धेरै नै चिसो ठाउ मा भएको कारण ले दिउसो को तापक्रम निकै कम हुने गर्दछ र साथै चिसो हावा पनी चल्ने गर्दछ। पर्यटन को हिसाब ले अङ्रेजी महिना को मार्च र अप्रेल लाई उपयुक्त मानिन्छ।

धोरपाटन शिकार आरक्षण बिभिन्न जाती का जिब जन्तु हरु पाईने त गर्दछन त्येस का अलावा बनस्पती को कुरा गर्दा उक्त क्षेत्र धेरै अग्लो भेग र उचाई मा भएको कारण ले गर्दा धेरै जसो सल्ला, धुपी र हिमाली भेग मा पाइने बनस्पती हरु मात्र पाइने गर्दछन त्यसका साथै नेपाल को रास्ट्रिय फुल लालीगुरास प्रसस्त मात्रा मा पाइनेगर्दछ। धोरपाटन शिकार आरक्षण को ५०% भाग जमिन चरन भुमि रहेको छ

धोरपाटन शिकार आरक्षण पर्यटन को हिसाब ले निकै नै राम्रो ठाउँ मानिन्छ। नेपाल को एक मात्र शिकार आरक्षण भनेको कारण ले बर्सेनी यहाँ देश बिदेश बाट हजारौं को सन्ख्या मा पर्यटक अौने गर्दछन। राजधानी काठमान्डौ बाट धोरपाटन शिकार आरक्षण मा पुग्ने दुईटा तरिका रहेको छ। यात तपाई बस को रुट द्वारा जान सक्नु हुन्छ या हवाईजहाज को रुट बाट जान सक्नु हुन्छ। काठमान्डौ देखि तानसेन तमघास हुदै गुल्मी पुग्न सकिन्छ अनि त्याहा बात ३ दिन को पैदल यात्र गर्दै पुग्न सकिन्छ। हवाईमार्ग को कुरा गर्दा तपाई काठमन्डौ देखी बागलुङ या पोखरा हुदै बागलुङ जान सक्नु हुन्छ र त्येसपछी बागलुङ को बलेवा हुदै चार दिन को पैदल यात्रा गरेर पनी पुग्न सक्नुहुन्छ। यस्क अतिरिक्त तपाई हेलिकप्टर पनी भाडा मा लिएर जान सक्नु हुन्छ।

धोरपाटन शिकार आरक्षण वरपर पर्यटक हरु का लागी साना र साधाहरण दुई वोटा होटेल लज रहेका छन जुन छ्यन्टुन र धोरपाटन मा अवस्थित रहेका छन।

हामी हाम्रा सबै नेपाली दाजु भाई दिदी बहिनी हरु लाई आफ्नो देश को पहिचान स्वरुप धोरपाटन शिकार आरक्षण को बारेमा तपाइ सबै साथी भाई हरुका देश बिदेश मा भयेका साथी हरु माझ फैलाउन हुन अनुरोध् गर्दछौ। पर्यटन को कुरा चल्दै गर्दा हामि स्मरण गराउन चाहन्छौ कि स न २०२० लाई हाम्रो देश ले नेपाल भ्रमण बर्ष २०२० भनेर मनाउदैछ, त्येस कारण सबै लाई आग्रह छ की आफ्नो देश मा भएको बिषीशट ठाउ हरु को बारेमा हरेक ले आ-आफ्नो तिर बाट सक्दो प्रयाश गरि प्रचार गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *