नेपाली काँग्रेसले संसदको अवरोध कायमै राख्ने

समाचार

काठमाडौं 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलन नरोकिने दोहो¥याएको छ । पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल केन्द्र मातहत ल्याउने सरकारले निर्णय गरेपनि कांग्रेसले भने पूर्वघोषित कार्यक्रम नरोकिने जनाएको हो ।

सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भिर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरुको असहमति रहेको स्पष्ट पारे । प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रिय सभाबाट सच्याउन पनि सरकारलाई सचेत गराए । सो विधेयकमा गम्भिर राष्ट्रिय बहसको आवश्यकता रहेको प्रमुख सचेतक खाँडको तर्क छ ।

डा. गोविन्द केसीको कतिपय माग विपरित सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरुले त्यसको विरोध गर्नु परेको कांग्रेसको भनाई छ ।

बिहीबारबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दीइन् ।