कंगनाको रौद्ररुप – निशान बने करण जौहर

मनोरञ्जन

एजेन्सि

कंगना रनौतले हालै एक कार्यक्रममा बलिउड, लभ लाइफ, महिला अधिकार, करण जौहर र ऋतिक रोशनबारे खुलेर कुरा गरेकी छिन् । उनले आफू कसैसँग प्रेम सम्बन्धमा रहेको पनि बताएकी छिन्। तर, प्रेमीको नाम भने बताइनन् ।

बलिउड नायिका कंगना रनावत र निर्माता तथा निर्देशक करण जोहरविच अझै पनि वाकयुद्ध सकिएको छैन । करणले बलिउडमा परिवारबादलाई महत्व दिएको आरोप कंगनाले लगाउँदै आएकी छिन् । इन्डिया टुडेको विशेष कार्यक्रममा पुग्दै कंगनाले करणप्रति फेरि आक्रोश पोखेकी हुन् ।

कंगनाले ऋतिक र करणलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘उनीहरू कहिल्यै पनि पुग्ने छैनन्, जहाँ म उभिएको छु ।’ करणले आफ्नो मजाक उडाएको, बेरोजगार बताएको, आफूलाई काम दिने कुरा बताएकोमा उनको आपत्ति थियो ।

उनले भनिन्, ‘मैले भनेको थिएँ, मेरो क्षमता हेर्नु र आफ्ना फिल्म हेर्नु, सत्य के हो आफैँ पत्ता लाग्छ ।’ उनले केही मान्छेले च्यवनप्रास खानुपर्ने बताएकी छिन् ।

कंगनाले ऋतिकसँग दुई फिल्ममा काम गरेकी थीइन् । उनीहरूबीच प्रेमसम्बन्धको पनि चर्चा थियो। उनले ऋतिकसँगको सारा कुरा अर्थहीन भएको बताएकी छिन् । कंगनाले आफूले प्राप्त गरेको सफलता आफ्नो क्षमताले पाएको दाबी पनि गरिन् । कंगनाले भनेकी छिन्, ‘मैले कसरी चल्नुपर्छ, आफ्नो नियम सेट गरेको छु ।’