महाशिवरात्रिको अवशरमा पशुपतिनाथ मन्दिरमा बिगतका बर्षहरु भन्दा धेरै मात्रामा दर्शनार्थी बढे

धर्म दर्शन फोटो फिचर समाचार

काठमान्डौ

हिजो महाशिवरात्रिको दिन देश भरी सबै भक्तजन हरुले भगवान शिबको पुजा आरधाना गरेर भब्यताका साथ महाशिवरात्रि मनाए। यस्तै सन्दर्भमा राजधानीमा अवस्थित बिश्व प्रख्यात पशुपतिनाथ मन्दिरमा दीउसो २ बजे सम्म तीन लाख बढी दर्शनार्थीले मूलभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बिगतका बर्ष का तुलनामा यस वर्ष दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका थिए । चावहिलचोकबाट लाम बसेको छ घण्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको भक्तहरुले गुनासो गरे ।

कोषले छ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ थियो। मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भीड देखिन्थ्यो ।

मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *