प्रधानमन्त्रीको विप्लव समुहलाई अल्टिमेटम – चैत सम्म मुलधारमा आउ नत्र जेलमा पठाउनुको विकल्प छैन

साहित्य

काठमान्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई चैत मसान्तभित्र हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन अल्टिमेटम दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता तथा प्रधानमन्त्री ओलीले त्यस्तो अल्टिमेट दिएका हुन् ।

‘हिंसा छाडेर चैतभित्र शान्तिपूर्ण प्रतिस्पर्धाको मूल धारको राजनीतिमा चैतभित्रको समय दिन्छौं’, बैठकमा प्रधानमन्त्रीले भने,‘होइन भने हिंसा जारी राख्ने समूहलाई नियन्त्रण गरेर जेलमा पठाउनुको विकल्प छैन ।’

उनले ३५ दिनभित्र हतियार बुझाइसक्न सरकारले सूचना जारी गरिसकेकाले संविधानबिरोधी गतिविधि गर्न छुट नदीने स्पष्ट पारे ।