नाबालिक बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

समाचार

विराटनगर

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिरहने र सोहि बहानामा उनीहरुमाथि गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइेको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए।

लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक करणी गर्ने गरेको स्वीकारेको डिएसपी खरेलले जानकारी दिए। पीडितलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइेको छ। लिम्बूले चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक करणी गरेको बताइेको छ।

बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो। त्यस्तै सोहि व्यक्तिले अन्य एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ।चैत्र १० गते पक्राउ परेका लिम्बूलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।