नेपालले मलेसियालाई ९२ रनमा अल आउट गर्यो

खेलकुद

काठमाडौँ 

यू-१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियाको सामना गरिरहेको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ। मलेसियाको पुरा टिम ३३.५ ओभरमा ९२ रनमा समेटिएको छ ।

लेजाट डेनियल फिक्रीले वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलरकुशल मल्ल र पवन सराफले ३-३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए ।

नेपालले यसाघि सिंगापुरलाई पराजित गरेको थियो भने युएईसँग बर्षाले प्रभावित खेलमा एक रनले हार बेहोरेको थियो ।

आज प्रतियोगिताका तीन खेल हुने छन् । आज नेपालले मलेसियासँग खेल्ने छ भने ॐानले सिंगापुरविरुद्ध खेल्ने छ । त्यस्तै कुवेतले युएीसँग खेल्दै छ ।