शेयर बजार : दोहोरो अंकको उछाल

अर्थ

काठमान्डौ

केही दिनदेखि निरन्तर उकालो लाग्न थाले शेयर बजार बिहीबार १५ अंकले उकालो लागेको छ । बजार तल्लो विन्दुमा पुग्दा अत्तालिएका लगानीकर्ता पनि पछिल्ला दिनको सुधारले उत्साहित बनेका छन् । यसका साथै संस्थागत तथा ठूला लगानीकर्ताको सक्रियता बढे पछि बजारले उकालो बाटो समातेको आभाष बजारले गरेको छ ।

बिहीबार बजार खुले पछि क्रमिक रुपमा सुधारिँदा १५.२२ अंकको सुधारसहित बन्द भएको हो । यो सँगैबजार परिसुचक नेप्से १२३२.३६ अंकमा उक्लिएको छ । दिनहुँ पौनै अर्ब माथिको आकारमा शेयर कारोबार भैरहँदा पनि लगानीकर्तामा उत्साह देखिएको छ ।

बिहीबार मात्र १६५ कम्पनीका २४ लाख ६४ हजार १६५ कित्ता शेयरहरु ९ हजार ४१ पटक किनबेच हुँदा ७५ करोड १२ लाख १२ हजार रुपैंयाको शेयर कारोबार भएको छ ।

वाणिज्य बैंक समुहमा आएको उछालका कारण क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३.९९ अंकले बढेर २६५.५६ अंकमा उक्लिएको छ । अरु सूचकमा खासै सुधार नभएको अवस्थामा केही उपसमुह ओरालो लाग्दा पनि वाणिज्य बैंकको आडमा बजार माथि चढेको हो । यसले शेयर मूल्य बढ्ने पालो वाणिज्य बैंकहरुको शेयरमा आएको आभाष गराएको छ।

बिहीबार वाणिज्य बैंक समुहमा २५.३५ अंककमो सुधार आएको छ । होटल समूहमा १६.३६ अंकको सुधार आएको बजारमा लघुवित्त समुहमा १२, उत्पादन समुहमा १०.५७, अन्यमा १.१९ र विकास बैंकमा ०.७२ अंकको सुधार देखिएको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्यमा भने केही गिरावट आएको छ । बिहीबार जीवन बीमा समुहमा २५.०१ ऋंकको गिरावट आएको बजारमा निर्जीवन बीमा कम्पनीमा १३.३२ अंकको गिरावट आएको छ । यसका साथै जलविद्युतमा ६.१४ अंकको गिरावट आएको बजारमा वित्त समुहमा ३.९७ अंकको गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *