मगंलबार हनुमान जि को पुजामा ध्यान राख्नु पर्ने बिशेष कुरा जसको उपयोगले हुनेछ चमत्कार

धर्म दर्शन फोटो फिचर

हनुमानजी शिवको गयारौ अवतार

हनुमानजीलाइ संकटमोचन भनिन्छ। ‘हनुमान’ शब्दको ह ब्रह्माको , नु अर्चनाको , मा लक्ष्मी को र न पराक्रम को प्रतीक हो। यसको अर्थ यो हो कि उनको हर अक्षर आफुमा विशेष छ। सप्‍ताहमा मंगलवारको दिन हनुमान जी को पूजा का लागि निमित्‍त गरिएको छ।

हनुमान जी को भक्ति गर्दा उनको कृपा द्वारा मनुष्य लाई शक्ति र समर्पण प्राप्त हुन्छ। बजरंगबली को भक्तिले राम्रो भाग्य र विद्या पनि प्राप्त हुन्छ। शास्‍त्र अनुसार हनुमान जी लाई भगवान शिवको गयारौ अवतार मानिएको छ।

हनुमान जी को आराधना गर्दा हरेक पाप र हरेक कष्‍ट बाट मुक्‍ति मिल्छ। हनुमान जी भूत-प्रेत बाट पनि आफ्नो भक्‍तहरु लाई बचाउनुहुन्छ । जस घरमा हनुमान जी को कृपा हुन्छ वहां त्यहा कुनै पनि दुख, क्‍लेश नजिक आउन पाउदैन ।

यस प्रकार गरौ पुजा

यिनको पुजा बिधि शिवार्चनको जस्तै सरल साधना विधि छ। आवश्यकताको अनुसार मंत्र इत्यादिमा परिवर्तन गर्न सकिन्छ। पूर्णत: सात्विक रहदै हनुमानजीको पूजन-भजन गर्नु पर्दछ अन्यथा देव कोप भोगनु पर्न सक्छ। साधारणतया हनुमान प्रतिमामा चोला चडाइन्छ।

हनुमानजीको कृपा प्राप्त गर्नका लागि मंगलवारमा तथा शनि महाराजको साढ़े साती, अढैया, दशा, अंतरदशामा कष्ट कम गर्नका लागि शनिवारको दिन चोला चढाईन्छ। साधारणतया मान्यता छकि यसै दिन यो कार्य गर्नु पर्दछ तर, अरु दिनमा पनि जस्तै अैइतबार, सोम, बुध, गुरु (बिहि) शुक्रमा चढाउन निषेध छैन।

चोलामा चमेलीको तेलमा सिन्दूर मिलाएर प्रतिमामा लेपन गरेर राम्ररि सफा गरेर स्थापित गर्नु पर्दछ। यस प्रक्रियामा केहि कुराहरुको राख्न ध्यान राख्न जरुरि छ। पहिलो कुरा चोला चढाउदा शुद्ध वस्त्र धारण गरौ।

यदि कुनै विशेष कामना पूर्ति भएमा पहिले संहार क्रम बाट, जब सम्म कामना पूर्ण न भए सम्म, पश्चात सृष्टि क्रम बाट् चोला चढाउन सकिन्छ । ध्यान राखौ, पूर्ण कार्य संकल्पित होस। सात्विक जीवन, मानसिक एवं शारीरिक ब्रह्मचर्यको पालन अनिवार्य छ।

यस कुराको राखौ ध्यान

यस व्रतमा गहु र गुड़ (सक्कर) को मात्र भोजन गर्नु पर्दछ ।

एक पटक मात्र भोजन गरौ र नुन पटकैं नखाउ।

रातो पुष्प र वस्‍त्र चढाउ र रातो वस्त्र मात्र धारण गरौ।

हनुमानजि को पुजामा गर्न नहुने कार्य

१- जो व्यक्ति मंगलवारको दिन हनुमान जी को पूजा र उनको व्रत गर्छन् उनिहरुले त्यस दिन नुनको सेवन गर्नु हुदैन ।

२- जुन कुरा दान दिने हो विशेष रूपले मिठाई त्यस दिन आफुले सेवन नगरौ।

३- यस दिन कालो या सेतो वस्त्र धारण गरेर हनुमान जी को पूजा न गरौ। यस्तो गर्दा पूजामा नकरात्मक प्रभाव पर्छ। हनुमान जीलाई रातो रंग प्रिय हुन्छ त्यसैले उनको पूजा रातो, या पहेलो वस्‍त्रमा नै गरौ ।

४- मासुजन्य या मदिरा इत्यादिको सेवन गरेर न मन्दिर जाउ र न घरमा पूजा गरौ। यस्तो गरेमा हनुमान जी कुपित भएर भयंकर परिणामको दंड दिन सक्नुहुनेछ।

५- यदि मन अशांत छ र क्रोधमा पनि छ भने पनि हनुमान जी को पूजा नगरौ।

६- हनुमान जी को पूजामा चरणामृत को प्रयोग गर्नु हुदैन ।

७- खंडित अथवा टुटेको मूर्ति को पूजा पनि गर्नु हुदैन ।

यसरी गरौ पूजा मा मंत्रहरुको जाप

हनुमान जी को पूजामा निम्‍नलिखित चमत्कारिक मंत्रहरुको जाप गरेमा यो फलदायी हुन्छ। हनुमान जी को पूजा गर्ने समय उनलाई पानको बीड़ा अबश्य चढाउनु पर्दछ । मनोकामना पूर्तिका लागि इमरतीको भोग लगाउनु पनि शुभ मानिन्छ।

मंत्रहरु यस प्रकार छन्।

१- श्री हनुमान मूल मंत्र:- ॐ ह्रां ह्रीं ह्रं ह्रैं ह्रौं ह्रः॥ हं हनुमते रुद्रात्मकाय हुं फट्।

२- हनुमन्नंजनी सुनो वायुपुत्र महाबल:। अकस्मादागतोत्पांत नाशयाशु नमोस्तुते।।

३- ऊँ हं हनुमंताय नम:। ऊँ नमो हनुमते रूद्रावताराय सर्वशत्रुसंहारणाय सर्वरोग हराय सर्ववशीकरणाय रामदूताय स्वाहा।।