अपडेट : डडेल्धुरा बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो (नामावलिसहित)

समाचार

काठमाडाैं

अपडेट : डडेल्धुरा बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुलेको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटनामा परी बझाङ केदारस्यू गाउँपालिकाका नरेन्द्र गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अपडेट :डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसाघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे ।

डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जना मृत्यु भएकोपुष्टि भएको छ। भीमदत्त राजमार्गान्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। मृतककाे सनाखत हुन सकेको छैन ।

२५ जनाभन्दा बढी घाइते भएका छन् । ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ।

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइेको छ।