मंगलवार शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि

अर्थ

काठमाडौँ 

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ विन्दुले बढेर एक हजार ३०१.२८ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले बढेर २७९.२४ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर रु ७२ करोड ८८ लाख २८ लाख ७४५ मूल्यमा खरीद–बिक्री भए । नेप्से परिसूचक समान्य अङ्कले बढ्दा कारोवार रकम भने सोमबारको तुलनामा वृद्धि भएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ २.५६ र वित्त १.९३ विन्दुले घटेको छ ।

होटल १०१.०७, विकास बैंक २.०२, जलविद्युत् १.३७, निर्जीवन बीमा ५.२३, उत्पादन १५.८१, अन्य ९.४७, लघुवित्त ४.१२ र जीवन बीमा १.०८ विन्दुले बढेको छ ।

स्टकका अनुसार आज एनसिसी बैंक कारोवारमा शीर्ष स्थानमा छ । प्रतिकित्ता रु २४८ मा रु पाँच करोड ९४ लाख ६८ हजार १२८ मा सो बैंकको शेयर कारोवार भएको छ । यस्तै शिवम् सिमेन्ट रु चार करोड ९० लाख १८ हजार ६९७, नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख ८९ हजार १६२, नागरिक लागनी कोष रु दुई करोड ६५ लाख ९४ हजार ७३ मूल्यमा कारोवार भैइ शीर्ष स्थानमा रहे ।

आज हिमालयन डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै ओरण्टल होटल ६.७५, राधी विद्युत् कम्पनी ५.७३, सोल्टी होटल ५.२६ र सिन्धु विकास बैंकका शेयरधनीले ४.६५ प्रतिशतले कमाए ।