कंगना र ऋतिक फेरि भिड्दै

मनोरञ्जन

मुम्बैइ

बलिउड अभिनेत्री कंगना रनोट अभिनित फिल्म ‘मेंटल है क्या’ को रिलीज मिति सरेको छ। यो फिल्म २१ जुनको सट्टा २६ जुनमा रिलीज हुने भएको छ। यो फिल्मको सिधा टक्कर अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ सँग हुनेछ।

भारतीय संचारमाध्यमले कंगनाले जानीबुझिकनै आफ्नो फिल्मको रिलिज मिति ऋतिक रोशनको फिल्मसँग जुधाएको अनुमान लगाएका छन्। तर ‘मेंटल है क्या’ का निर्मात्री एकता कपुरले यो अनुमानको निन्दा गरेकी छन्।

एकताले भनेकी छन्, ‘जो मानिस योसँग सम्बन्ध राख्छन् उनीहरुकालागि हो। २६ जुलाइमा रिलीज हुने ‘मेंटल है क्या’ को अन्य एक फिल्मसँग टक्कर लिने भनेर अनुमान लगाइन थालिएको छ।

फिल्मको रिलीज मिति सार्ने निर्णय वितरक, ट्रेड एनालिस्ट र टप रिसर्च टीमको सल्लाहलाई ध्यानमा राखिएर गरिएको हो। यो निर्णय पूरै व्यापारिक दृष्टिकोणलाई ध्यानमा राखेर गरिएको हो।’

उनले अगाडि भनेकी छन्, ‘यो मितिमा पहिला नै अन्य फिल्मको रिलीज तय भएको थापा पाएपछि हाम्रोतर्फबाट कुनै पनि विवाद नगर्ने र सम्मानसँग रिलीज गर्ने सहमति भएको छ।’ पुरानो विवादका कारण ऋतिक र कंगनामाथि यस्तो अनुमान लगाइेको हो।