शेयर : बिहीबार नेप्से परिसूचक नकारात्मक बन्दा कारोबार रकममा सुधार

अर्थ

काठमान्डौ

बिहीबार नेप्से परिसूचक नकारात्मक बन्दा कारोबार रकममा व्यापक सुधार भएको छ । करिब ६ अंकले घटेको शेयर बजारमा कारोबार रकम भने करिब ४४ करोडले बृद्धि भएको हो । जसमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार नै ३२ करोड बढीको भएको छ ।

बिहीबार नेप्से ५.६४ अंकले ओरालो लागेर १२९१.९६ विन्दुमा झरेको छ । यस दिन १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर किनबेच भएर ९४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार ५० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार करोबारमा आएका १० उपसमुह मध्ये अधिकाँसको सूचक ओरालो लाग्दा नेप्से नकारात्मक देखिएको हो । निर्जीवन र उत्पादन तथा प्रशोधन समुहको सूचक बाहेक सबै बाँकी सबै समुहको सूचक नकारात्मक देखिएका छन् ।

निर्जीवन ५०.२१ र उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै ३६.०९ अंकको सुधार आएको हो । यता जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ५३.८८ अंकले नकारात्मक बनेको छ । यस्तै होटल १२.१२, वाणिज्य बैंक ८.३१, माइक्रोफाइनान्स ८.१८, विकास बैंक ७.६८, हाइड्रोपावर ३.५४, फाइनान्स २.४१ र अन्य ०.९६ अंकले ओरालो लागेका छन् ।

बिहीबार सानिमा बैंकको संस्थापक शेयर अधिक मात्रामा कारोबार भएको छ । बैंकको संस्थापक शेयर मात्रै ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै शिवम सिमेन्टको ५ करोड, नेको इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

एनएमबी बैंक, कृषि विकास बैंक, सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकको ३ करोड भन्दा बढीको कारोबार भयो । यस दिन सगरमाथा इन्स्योरेन्सको शेयरधनीहरुले सबै भन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सका शेयरधनीहरुले ८.५१ प्रतिशतले कमाएका हुन् । नेपाल हाइड्रोको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।

यस्तै हिमालय डिस्टीलरी र जानकी फाइनान्सका शेयरधनीहरुले ७ प्रतिशत भन्दा बढीले कमाउदाँ शिवम सिमेन्टको शेयरमूल्य ५.३८ प्रतिशतले सुधार आएको छ । यता प्रोग्रसिभ फाइनान्सको शेयरधनीहरुले सबै भन्दा धेरै ९.२४ प्रतिशतले गुमाएका छन् । मल्ट्रिप्रपोज फाइनान्सको शेयरमूल्य पनि ७.४५ प्रतिशतले ओरालो लागेको छ ।

यस्तै घलेम्दी हाइड्रोको शेयरमूल्य ४ं.३१ प्रतिशत घटेको छ । सुर्योदय लघुवित्त, अरुण भ्यालि हाइड्रोपावर, राधि विद्युत, कैलाश विकास बैंक, नेशनल माइक्रोफाइनान्सको शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।