नेइमारलाई ३ खेलको प्रतिबन्ध

खेलकुद

काठमाडौँ 

ब्राजिलका फुटबलर नेइमारलाई फ्रेन्च फुटबल एशोसिएसनको अनुशासन कमिटीले तीन घरेलु खेलमा प्रतिबन्ध लगाएको छ । अघिल्लो साता कोपा डे फ्रान्सको फाइनलमा रेन्नेजसँग पराजित भएपछि नेइमारले फ्यानलाई घुस्सा हिर्काएको आरोपमा तीन खेलको प्रतिबन्ध लगाइेको हो ।

यस अघि च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि सामाजिक संजालमा रेफ्रीको अपमान गरेको आरोपमा च्याम्पियन्स लिगका ३ खेलमा प्रतिबन्ध बेहोरेका नेइमारमाथि फेरी घरेलु खेलहरुमा प्रतिबन्धमा परेका हुन् ।

कोपा फ्रान्सको फाइनल खेल सकिएपछि मेडल लिन सिढी चड्ने क्रममा नेइमारले एक फ्यानलाई घुस्सा हानेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि फ्रेन्च फुटबल फेडेरेसनले सो प्रकरणमा छानबिनसुरु गरेको थियो ।

ति फ्यानले पिएसजीका खेलाडीलाई अपमान गरेपछि नेइमारले घुस्सा हानेको दृश्य क्यामरामा कैद भएको थियो ।पिएसजी र नेइमार दुवैले सो प्रतिबन्धविरुद्ध अपिल गर्ने पिएसजीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *