विष्णु माझी र पीताम्बर जिसीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ'(भिडियो)

मनोरञ्जन

                                                ‘छिपछिपे पानीमा लेउ’

गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ ले सार्वजनिक भएको केही दिनमै चर्चा बटुलेको छ। युट्युबमा सार्वजनिक भएको तीन दिनमै गीतले पाँच लाख भन्दा बढी दर्शक कमाएको छ।

विष्णु माझी र पीताम्बर जिसीको स्वरमा रहेको यो दोहोरी गीतको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेका छन्।

गीतकार भण्डारीको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियोमा १५ सय भन्दा बढी दर्शकले गीतबारे प्रतिक्रिया व्यक्त गरेका छन्। नेपाली लोक तथा दोहोरी गीतसँगै आधुनिक तथा फिल्मका गीतमा पनि बेजोड कलम चलाउने भण्डारीका यसाघिका गीत पनि दर्शकस्रोताले निकै रुचाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *